https://rohitdarlamimagar.blogspot.in/googlef2078910de641e02.html

Thursday, September 7, 2017

माया

" प्राय: त्यही दियोले हात
जलाउदो रहेछ,जसलाई हामीले
हावाबाट बचाउन छेकिरहेका
                    हुन्छौ ।"

हामी अझै पनि संगै छौ

" हामी अझै पनि संगै छौ
तर असल जिन्दगीमा हैन
केबल तस्बिरमा ।"

जिबनमा याद र विवाद नगर्नु

"जिबनमा याद र विवाद
नभएकै राम्रो, यादले जीवन
चलाउन मुस्किल बनाउछ
अनि विवादले सम्बन्ध ।"

Saturday, September 2, 2017

Rohit Darlami Magar

मलाई तिम्रो अङ्ग होइन, तिमी मनपर्छ
बिश्वास गर तिमीलाई..!!
त्यो सानो टिसर्ट र पैन्ट भन्दा पनि
कुर्थामा राम्री देखिन्छ..!!

भुलिदे उसलाई


हे मन म भन्छु भुलिदे उसलाई
जसले तलाई घात गर्यो..!!
              किन माया गर्छस अझै
               जसले बनावटी माया लगायो..!!
उस्को मन त ढुङ्गा थियो
त पनि ढुङ्गा बन्न सिक अब..!!
                 कस्को लागि तडपिदै छस
                  छोड्नेले छोडी गयो जब..!!
रुन कराउन छोडिदे अब
आँसुको केही मोल छैन उसलाई..!!
                    माया प्रेम त खेलौना रहेछ
                      उस्को मन भुलाउनलाई..!!
यसरी आँसुमा त चल्दैन जिन्दगी
छोडीदे रुन अब...!!
                जसरी उसलाई तेरो वास्ता छैन
                तैले पनि वास्ता गर्न छोड्नु पर्छ..!!
होइन भने यो स्वार्थी दुनियाले
तलाई जिउदो लास पार्छ..!!
                यसरी बियोगमा त चल्दैन जिन्दगी
                 समहाल आफूलाई अब
                  कसको लागि तडपिदै छस..!!

      " हे मन म भन्छु भुलिदे उसलाई
       जसले तलाई घात गर्यो "

Friday, September 1, 2017

याद निस्ठुरी मायाको 😄😄 💘

अजिब तरिकाले हामी दुबै जना असफल भयौ 
उसले मलाई अङगाल्न सकिन, अनि मैले उसलाई भुल्न "