Saturday, September 2, 2017
भुलिदे उसलाई
हे मन म भन्छु भुलिदे उसलाई
जसले तलाई घात गर्यो..!!
किन माया गर्छस अझै
जसले बनावटी माया लगायो..!!
उस्को मन त ढुङ्गा थियो
त पनि ढुङ्गा बन्न सिक अब..!!
कस्को लागि तडपिदै छस
छोड्नेले छोडी गयो जब..!!
रुन कराउन छोडिदे अब
आँसुको केही मोल छैन उसलाई..!!
माया प्रेम त खेलौना रहेछ
उस्को मन भुलाउनलाई..!!
यसरी आँसुमा त चल्दैन जिन्दगी
छोडीदे रुन अब...!!
जसरी उसलाई तेरो वास्ता छैन
तैले पनि वास्ता गर्न छोड्नु पर्छ..!!
होइन भने यो स्वार्थी दुनियाले
तलाई जिउदो लास पार्छ..!!
यसरी बियोगमा त चल्दैन जिन्दगी
समहाल आफूलाई अब
कसको लागि तडपिदै छस..!!
" हे मन म भन्छु भुलिदे उसलाई
जसले तलाई घात गर्यो "
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment